site stats
बाह्रखरी :: Baahrakhari
देश
देश सुरक्षा संकटमा, गुप्तचर प्रमुख जाँदै अवकाशमा
हुतराज थापा ।

काठमाडौं । देशको सुरक्षाबारे गोप्य रूपमा सूचना संकलन गर्ने राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) प्रमुख फेरिने भएका छन् । मुलुकको आन्तरिक सुरक्षा चुनौतीबाट गुज्रिएको अवस्थामा विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा अवकाशमा जान लागेका हुन् ।

विभागको तीनवर्षे पदावधिको व्यवस्थाका कारण उनी अवकाशमा जाँदै छन् । उनी दुई दिनपछि अर्थात् यही भदौ २८ गतेदेखि अवकाशमा जान लागेका हुन् ।

थापा ०७९ भदौ २८ गते गुप्तचर प्रमुखमा नियुक्त भएका थिए । थापाको अवकाशसँगै ०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका उनकै ब्याचीमध्ये एकजना नयाँ गुप्तचर प्रमुख बन्नेछन् ।

गुप्तचर प्रमुखका निम्ति ओम जोश र टेकेन्द्र कार्की प्रतिस्पर्धा छ्न । जोशी हाल प्रशासन विभाग प्रमुख छन् । कार्कीले प्रदेश समन्वय विभाग र इन्टिलिजेन्सको नेतृत्व गरिरहेका छन् ।

गुप्तचर प्रमुख मन्त्रिपरिषद्ले नियुक्त गर्ने कानुनी व्यवस्था छ । तर, हाल देश सरकारविहीनताको अवस्थामा छ ।

‘जेनजी’ पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा नेपाली सेनाले सुरक्षा कमान्ड सम्हालेको छ । यसक्रममा ३४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्