site stats
बाह्रखरी :: Baahrakhari
खेल
एरिक्सन वुल्फ्सबर्गमा अनुबन्धित

काठमाडौं । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन जर्मन क्लब वुल्फ्सबर्गमा अनुबन्ध भएका छन् । बिहीबार वुल्फ्सबर्गले एरिक्सनसँग दुई वर्षको सम्झौता गरिएको जनाएको छ ।

“हामीले सधैँ आफ्नो उत्कृष्ट लयमा कायम रहेका खेलाडीलाई भित्र्याउन गइरहेका छौँ । हाम्रा युवा खेलाडीहरूको स्तर वृद्धि गर्नका निम्ति उनको अनुभव र खेलस्तरले ठूलो योग्दा गर्नेछ,” वुल्फ्सबर्ग स्पोर्टिङका निर्देशक सेबास्टियन शिन्ड्जिलोर्जले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

एरिक्सन यसअघि इंग्लिस क्लब म्याचेस्टर युनाइटेडमा थिए । म्यानचेस्टरमा तीन वर्ष बिताएका उनले क्लबबाट ७३ खेल खेल्दा तीन गोल गरेका छन् । उनले म्यानचेस्टरबाहेक ब्रेन्टफोर्ड र टोटनहमबाट पनि इंग्लिस प्रिमियर लिग खेलेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्