site stats
बाह्रखरी :: Baahrakhari
देश
कारागारबाट भागेका चार कैदी पक्राउ

बागलुङ । जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका चार कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । 

कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनिहरुलाई मालढुंगा चेकपोष्टबाट बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । 

जिल्ला कारागार कास्कीबाट भागेका तीनजना र जिल्ला कारागार म्याग्दीबाट भागेका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । रासस

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्