site stats
बाह्रखरी :: Baahrakhari
खेल
आइसल्यान्डविरुद्ध फ्रान्सको कठिन जित

काठमाडौं । फ्रान्सले फिफा विश्वकप २०२६ को छनोटमा आइसल्यान्डविरुद्ध २–१ को कठिन जित निकालेको छ । बुधबार घरेलु मैदान पार्क डे फुटबल रंगशालामा फ्रान्सलाई जित दिलाउन टोलीका केलियन एम्बाप्पे र बार्डले बार्काेलाले समान एक गोल गरे ।

आइसल्यान्डका एन्ड्री गुडजोन्सनले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । खेलको २१औँ मिनेटमा एन्ड्रीले आइसल्यान्डलाई अग्रता दिलाए । तर, आइसल्यान्डले यो अग्रतालाई लामो समयसम्म जोगाउन सकेन । ४५औँ मिनेटमा फ्रान्सले एम्बाप्पेले गोल गरेपछि खेलमा बराबरी गर्‍यो । एम्बाप्पेले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै टोलीलाई खेलमा फर्काएका थिए । ६२औँ मिनेटमा फ्रान्सका बार्काेलाले गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे । 

टोलीले यही अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै जित पक्का गरेको हो । यो जितसँगै फ्रान्सले समूह ‘डी’ मा ६ अंक बनाएको छ । फ्रान्सले दुई खेल खेल्दा शतप्रतिशत जित दर्ता गर्दै यो नतिजा आत्मसाथ गरेको हो । पराजित आइसल्यान्ड भने दुई खेल खेल्दा एक खेलमा जित र हार बेहोर्दै तीन अंकमा सीमित छ ।
 

 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्