site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रचण्डकी छोरीको आगजनी गरिएको घरमा शव फेला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा एक शव फेला परेको छ । प्रदर्शनकारीले आगजनी गरेको घरमा शव भेटिएको हो ।

बुधबार (भदौ २५) दिउँसो ललितपुरको ढोलाहिटीस्थित दाहालको घरमा एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

शवको पहिचान हुन बाँकी छ । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मंगलबार (भदौ २४) उक्त घरमा आगजनी गरिएको थियो ।

शव आगजनी गर्ने व्यक्तिकै हुन सक्ने प्रारम्भिक अनुसन्धानमा आशंका गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए ।
 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्