देश
काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चारजनालाई पक्राउ गरिएको छ । बुधबार (भदौ २५) बिहान १० देखि दिउँसो १ बजेसम्म उनीहरूलाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।
यस्तै, डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपश्चात् छाडेर भागेको दुई लाख ३२ हजार ५०० रुपैयाँ र २५० अमेरिकी डलर बरामद गरिएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
“सुरक्षाकर्मीबाट लुटिएका थप हतियार एक नालसहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ,” सेनाले भनेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १३:२५
प्रतिक्रिया दिनुहोस्