site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

काठमाडौं । विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुवाँको मुस्लो बढेपछि मंगलबार (भदौ २४) अपराह्नदेखि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (भदौ २५) साँझ ६ः०० बजेसम्म नखोलिने भएको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको छ । आपत्कालीन र मेडिकल उडान भने सञ्चालन गरिनेछ ।

यसअघि, आज मध्याह्न १२ः०० बजेसम्मका निम्ति विमानस्थल बन्द गर्ने निर्णय गरिएको थियो । रासस

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्