site stats
बाह्रखरी :: Baahrakhari
देश
कहाँ–कहाँ हुनेछ भारी वर्षा ?
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा वर्षा हुने भएको छ । हल्कादेखि भारी वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

मधेस, कोसी, वाग्मती प्रदेशका तराई र पहाडी भूभागका साथै गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतिर अवस्थित छ । 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०६:५८
प्रतिक्रिया दिनुहोस्