site stats
बाह्रखरी :: Baahrakhari
देश
दुहबीमा भगवती चौधरीको फरवार्ड कम्प्लेक्समा तोडफोड, नगरपालिकामा आगजनी

विराटनगर । सुनसरीको दुहबी बजारमा रहेको एमाले नेतृ भगवती चौधरीको फरवार्ड कम्प्लेक्समा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । 

कम्प्लेक्सभित्र रहेको सुपरमार्केटमा समेत क्षति पुर्‍याइएको छ ।

त्यसैगरी, दुहबी नगरपालिकाको कार्यालयमा पनि तोडफोड र आगजनी भएको छ । सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालित छन् र अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्