अर्थ व्यवसाय
काठमाडौं । मुलुकभर जेनजी पुस्ताले विभिन्न सुधारका माग राखि सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले दुःख व्यक्त गरेको छ ।
एफएनसीसीआईले विज्ञप्ति जारी गर्दै मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोगलगायत विषयमा युवा पुस्ताले देखाएको चासोप्रति सम्वेदनशील हुन सरकार, राजनीतिक दललगायत सबैलाई आग्रह गरेको छ ।
शान्तिपूर्ण आन्दोलन र त्यसक्रममा अनावश्यक वल प्रयोग नगर्न महासंघ सम्वद्ध सबैको ध्यानाकर्षण गराइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १२:४२
प्रतिक्रिया दिनुहोस्