site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘जेनजी’को प्रदर्शन : खेल स्थगनपछि स्वदेश फर्कंदै बंगलादेशी टिम

काठमाडौं । नेपालमा ‘जेनजी’ पुस्ताको प्रदर्शन उग्र बन्दै गएपछि खेल स्थगन गरिँदा बंगलादेशी राष्ट्रिय फुटबल टिम मंगलबार (भदौ २४) स्वदेश फर्कंदै छ ।

सोमबार (भदौ २३)देखि सुरु प्रदर्शन पहिलो दिन नै हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भइसकेको छ ।

योसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसँगको फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण दोस्रो फुटबल खेल स्थगन गरेको थियो ।

बंगलादेशी टिम मंगलबार अपराह्न ४ बजे विमान बंगलादेशमार्फत स्वदेश फर्कन लागेको एन्फाले जनाएको छ ।

नेपाल र बंगलादेशबीच दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल तय थियो । भदौ २१ गतेको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्