site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंलगायत देशका मुख्य सहरको जनजीवन प्रभावित

काठमाडौं । स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि देशका मुख्य सहरहरूको जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेपछि काठमाडौंको जनजीवन प्रभावित बनेको हो । 

सवारीसाधन नचल्दा अस्पताल जाने बिरामीले सास्ती व्यहोर्नु परेको छ । यस्तै कार्यालय हिँडेका पत्रकार, पानी, ग्यास र दूध बोकेका गाडीमा हिँड्ने व्यक्ति, चालक पनि त्रसित बनेका छन् । 
 
चोकचोकमा भेला भएका प्रदर्शनकारीले टायर बालेर बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । काठमाडौंसँगै ललितपुर, भक्तपुर, रुपेन्देहीमा पनि कर्फ्यु लगाइएको छ । कर्फ्यु आदेशको उल्लंघन गर्दै देशभरका मुख्य सहरमा युवाले बिहानैदेखि प्रदर्शन जारी राखेका छन् । 
 
सामाजिक सञ्जालमा प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उत्रिएका युवामाथि प्रहरीले दमन गरेपछि सर्वसाधारण थप आक्रोसित बनेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्