site stats
बाह्रखरी :: Baahrakhari
देश
विराटनगरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी

विराटनगर । मोरङको विराटनगर महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । ‘जेनजी’ पुस्ताको जारी प्रदर्शन र त्यसका कारण उत्पन्न असामान्य स्थितिलाई नियन्त्रणमा लिन भन्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार (भदौ २४) बिहान ९ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवद्वारा जारी आदेशमा सार्वजनिक सुरक्षा, शान्ति र सुव्यवस्था कायम राख्न अत्यावश्यक भएकाले कर्फ्यु लागु गरिएको उल्लेख गरिएको छ ।

आदेश पढ्नोस्–

asdfmg-1757394490.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्