site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुरमा राति १२ बजेसम्म कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आज बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेका हुन् । 

ललितपुर महानगरपालिका, वडा नं. २, ४, ९, १८ र २५ भित्रका विभिन्न स्थानमा कर्फ्यु जारी गरिएको छ । 

देहायका क्षेत्रमा चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको छ ।

वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्र, पूर्वमा भैंसेपाटीबाट बुङमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोल पम्पभन्दा तल रहेको विष्णुदेवी मन्दिर, दक्षिणतर्फ इटनी जाने ओरालो क्षेत्रमा कर्फ्यु लगाइएको छ । 

वडा नं. २ सानेपानस्थित इन्द्रायणि मार्ग आसपास क्षेत्र, पूर्वमा सानेपा चोकबाट इन्द्रायणि मन्दिर पक्की सडक, पश्चिमतर्फ बल्खु पुलदेखि मनमोहन पार्कसम्म वाग्मती करिडोर सडकमा कर्फ्यु आदेश जारी गरिएको छ । 

उत्तरतर्फ चक्रपथ सडकको सर्भिस लेन (बल्खु पुलदेखि सानेपा चोकसम्म) भित्र, दक्षिणतर्फ इन्द्रायणि मन्दिरबाट वाग्मती करिडोर जाने पक्की सडक क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन् । 

वडा नं. ९ को च्यासल क्षेत्रमा पूर्वमा मनोहरा खोला करिडोरको झोलुंगे पुल, पश्चिमतर्फ च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला र दक्षिणतर्फ मल पोखरी जाने बाटोसम्मा कर्फ्यु आदेश जारी गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्