देश
काठमाडौं । जनता प्रगतिशील पार्टी, नेपालले भ्रष्टाचारको विरोधमा सडकमा उत्रिएको ‘जेनजी’ पुस्तामाथि सरकार दमन गरेको जनाएको छ । दमनको जिम्मेवार सरकार नै भएको उसले आरोप लगाएको छ ।
सोमबार (भदौ २६) एक विज्ञप्ति जारी गर्दै जनता प्रगतिशीलले सरकारकै दमनका कारण हिंसा भड्किएको जनाएको छ ।
पार्टीले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । साथै, सामाजिक सञ्जालको प्रतिबन्ध तत्काल फिर्ता लिन माग गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ २०:२४
प्रतिक्रिया दिनुहोस्