site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड

बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड भएको छ । 'जेनजी' प्रदर्शनकारीको एक समूहले तिलोत्तमा नगरपालिका–४ मणिग्रामस्थित खाँणको घरमा तोडफोड गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले घरमा तोडफोडको जानकारी आएको बताए ।

उनका अनुसार, प्रदर्शनकारीले भैरहवास्थित नेपाली कांग्रेस पार्टी कार्यालय, बुटवल र कोटिहवास्थित एमाले पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्