site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैदेशिक लगानीको लाभांशबापत नेपालबाट बाहिरियो १२ अर्ब ३३ करोड

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ वैदेशिक लगानीबापतको लाभांश फिर्ता गएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा उक्त लाभांश पाँच अर्ब रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा १७ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ लाभांशबापत नेपालबाट बाहिरिएको थियो ।

आर्थिक वर्ष ०८०/८१ मा कृषि, वन र मत्स्यपालनमा गरिएको लगानीबापत ३० लाख रुपैयाँ लाभांश रकम फिर्ता गएको छ ।

यस्तै, निर्माण क्षेत्रमा लगरिएको लगानीबाट तीन करोड ४३ लाख रुपैयाँ लाभांश फिर्ता गएको छ । विद्युत्, ग्यास, बाफ र एयर कन्डिसनिङमा गरिएको लगानीबाट ३७ करोड २२ लाख रुपैयाँ लाभांश फिर्ता गएको राष्ट्र बैंकले जनाएको छ ।

उत्पादन उद्योगमा गरिएको लगानीबाट आठ अर्ब ९६ करोड ७९ लाख रुपैयाँ फिर्ता गएको छ । बसोबास तथा भोजन सेवामा गरिएको लगानीबाट चार करोड ८९ लाख रुपैयाँ लाभांश फिर्ता गएको छ । वित्तीय तथा बिमा क्षेत्रमा गरिएको लगानीबाट दुई अर्ब ९९ करोड ७६ लाख रुपैयाँ लाभांश फिर्ता गएको छ ।

स्वास्थ्य तथा सामाजिक क्षेत्रमा गरिएको लगानीबाट ८९ लाख रुपैयाँ लाभांश फिर्ता गएको छ । सूचना प्रविधि क्षेत्रमा गरिएको लगानीबाट एक करोड ४५ लाख रुपैयाँ लाभांशबापत विदेशिएको राष्ट्र बैंकले जनाएको छ ।

यातायात तथा भण्डारण क्षेत्रमा गरिएको लगानीबाट ६७ लाख रुपैयाँ लाभांश फिर्ता गएको छ । अरू क्षेत्रबाट १३ करोड ५४ लाख रुपैयाँ लाभांशबापत फिर्ता गएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ लाभांशबापत विदेशिएको थियो । आर्थिक वर्ष ०७७/७८ मा २६ अर्ब सात करोड ६६ लाख रुपैयाँ लाभांशबापत बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्