अर्थ व्यवसाय
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार (भदौ २३) ३५.९९ अंकले घटेको छ । नेप्से परिसूचक १.३२ प्रतिशतले घटेर २७०८.२७ विन्दुमा बन्द भएको हो ।
यस दिन पाँच अर्ब २३ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भयो । आइतबार (भदौ २२) चार अर्ब ४० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर किनबेच भयो । यो कम्पनीको ३० करोड ६८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
२२ कम्पनीको सेयर मूल्य बढ्यो । २२९ कम्पनीको सेयर मूल्य घट्यो ।
हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १६:१२
प्रतिक्रिया दिनुहोस्