site stats
बाह्रखरी :: Baahrakhari
देश
यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा

फाइल तस्बिर ।
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना छ । भारी वर्षा भने एकाध ठाउँमा मात्रै हुनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली हुनेछ । 

देशको पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति कोसी, मधेस र वाग्मती प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी, मधेस र वाग्मती प्रदेशको पहाडी भूभागका केही स्थानमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशका पहाडी र तराइ भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतिर अवस्थित छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ०६:१५
प्रतिक्रिया दिनुहोस्