बाह्रखरी फोटो
काठमाडौं । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था माग गर्दै आइतबार (भदौ २२) काठमाडौंमा प्रदर्शन गरिएको छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)मा आबद्ध नेता–कार्यकर्ताले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘राजनीतिक अस्थिरताको ओखती प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’ नारा लेखिएको ब्यानर बोकेका थिए ।
उनीहरूले ‘बारीमा रोपौँ, पारिको रोकौँ’, ‘देशमा मौलाइरहेको भ्रष्टाचार नियन्त्रण गर’, ‘लिपुलेक–लिम्पियाधुरा समस्यालाई कूटनीतिक पहलद्वारा शीघ्र समाधान गर’लगायत नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।
थप तस्बिर हेर्नोस्–
-1757235906.jpg)
-1757235906.jpg)
-1757235905.jpg)
-1757235905.jpg)
प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२ १४:५०
प्रतिक्रिया दिनुहोस्