site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाजिक सञ्जाल बन्दविरुद्ध उत्रँदा समातिएका युवा रिहा
फाइल तस्बिर ।

काठमाडौं । सामाजिक सञ्जाल बन्दविरुद्ध उत्रँदा समातिएका पाँच युवालाई रिहा गरिएको छ । शनिबार (भदौ २१) अपराह्न करिब ४ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको एक नम्बर गेटनजिकबाट उनीहरूलाई पक्राउ गरिएको थियो ।

निषेधित क्षेत्रमा नाराबाजी गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

युथ कांग्रेस नेपालका महामन्त्री प्रभात ठाकुरसहित पाँचजनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बानेश्वरमा राखिएको थियो । नियन्त्रणमा लिइएका व्यक्तिहरू सबै सोही संगठनमा आबद्ध भएका प्रहरीले जनाएको छ ।

उनीहरूलाई शनिबारै बेलुका युथ कांग्रेसका सभापति एजस्बी राईको जिम्मा लगाई पठाइएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्