साहित्य
काठमाडौं । साहित्यिक पत्रकार संघले साहित्यकार पदम विश्वकर्माको उपन्यास ‘पाताल’माथि परिचर्चा गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि भीम उदासले द्वन्द्व, अवसर र रोजगारीको अभावमा गैरकानुनी रूपमा अमेरिका जानेहरूको संवेदनशील विषयलाई उपन्यासले उठाएको बताए ।
परिचर्चामा साहित्यकारहरू प्रमोद प्रधान, प्रा.डा. गोविन्दमानसिंह कार्की, मोमिला जोशी, नयनराज पाण्डे, विमल भौकाजी र डा. शान्तिमाया गिरीले पाठकीय मन्तव्य राखे ।
कार्यक्रममा अमेरिकामा रहेका उपन्यासकार विश्वकर्माले अनलाइनबाट आफ्नो मन्तव्य राखे भने प्रा.डा. सुरेन्द्र केसी, राधेश्याम लेकाली लगायतले बोले ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२ २२:१९
प्रतिक्रिया दिनुहोस्