site stats
बाह्रखरी :: Baahrakhari
खेल
जावलाखेलविरुद्ध फ्रेन्ड्सको संघर्षपूर्ण जित

काठमाडौं । फ्रेन्ड्स क्लबले एन्फा यू–१६ युथ लिगमा जावलाखेल युथ क्लबविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा फ्रेन्ड्सलाई जित दिलाउन सुजन विक र आर्यनकाजी थापाले समान एक गोल गरे । जावलाखेलका प्रिन्स भुजेलले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । 

खेलको १६औँ मिनेटमा सुजनले फ्रेन्ड्सलाई अग्रता दिलाए । २८औँ मिनेटमा आर्यनले अग्रतालाई दोब्बर बनाए । खेलको इन्जुरी समयमा प्रिन्सले गोल गर्दै जावलाखेललाई १–२ को अवस्थामा ल्याएका थिए ।

यो जितसँगै फ्रेन्ड्सले लिगमा ३९ अंक जोडेको छ । फ्रेन्ड्सले १९ खेल खेल्दा १२ जित, तीन बराबरी र चार बराबरीसहित यो नतिजा आत्मसाथ गरेको हो । 

फ्रेन्ड्सले अब २०औँ खेलमा न्युरोड टिम (एनआरटी) सँग खेल्नेछ । खेल च्यासल रंगशालामा आगामी भदौ २२ गते दिउँसो ३ बजे हुनेछ । पराजित जावलाखेल भने २० अंकमा सीमित छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्