site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
झिनो अंकले घट्यो नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.६५ अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ०.२४ प्रतिशतले घटेर २७१९.७७ विन्दुमा बन्द भएको हो । 

पाँच अर्ब १४ करोड ४३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार चार अर्ब ७२ करोड ८० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । 

नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । बिहीबार पुनर्बिमा कम्पनीको ३२ करोड ३५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । 

आज ८५ कम्पनीको सेयरमूल्य बढेको छ । १६५ कम्पनीको सेयरमूल्य घटेको छ । 

हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । 

कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड र व्यापार समूहको परिसूचक बढेको छ । म्युचुअल फन्ड समूहको ०.१३ प्रतिशत र व्यापार समूहको ०.५८ प्रतिशतले बढेको छ ।  

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्