site stats
बाह्रखरी :: Baahrakhari
देश
रास्वपा नेता भण्डारीमाथि आक्रमण गर्नेको खोजी गर्दै प्रहरी
तस्बिर : प्रमोद न्यौपानेको फेसबुकबाट ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतामाथि आक्रमण गर्नेमाथि प्रहरीले अनुसन्धान थालेको छ । बुधबार राति रास्वपा केन्द्रीय सदस्य तथा सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि अज्ञात व्यक्तिले आक्रमण गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान थालेको हो । भण्डारीमाथि कपनको प्रगतिचोकमा आक्रमण भएको थियो ।

नम्बर प्लेट छोेपेर एउटै मोटरसाइकलमा आएका तीनजनाले उनीमाथि आक्रमण गरेको रास्वपाले जनाएको छ । प्रहरीको टोलीले विभिन्न ठाउँको सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने प्रयास गरिरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्