site stats
बाह्रखरी :: Baahrakhari
खेल
खेल पूर्वाधार उपयोग तथा सञ्चालन कार्यविधि बनाउन गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहत रहेका खेल पूर्वाधार उपयोग तथा सञ्चालनसम्बन्धी कार्यविधि बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।

राखेप कार्यकारी समिति सदस्य समेत रहेकी कार्यदल संयोजक सुवर्ण श्रेष्ठले राखेप सदस्य–सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएकी हुन् ।
 
सदस्यसचिव घिसिङले कार्यदलले दिएको सुझाव उपयोगी रहेका भन्दै परिषद्को बोर्ड बैठकले पास गरेपछि कार्यान्वयनमा आउने जानकारी दिए ।

खेलकुद पूर्वाधारहरूको संरक्षण र प्रभावकारी उपयोग गर्ने सम्बन्धमा खेलाडीमैत्री, सर्वसुलभ र व्यवस्थित ढंगले प्रयोगमा ल्याउने व्यवस्था गर्न सुझावसहित प्रतिवेदन तयार गरिएको संयोजक श्रेष्ठले जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्