site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टाटा मोटर्सको नयाँ सोरूम धनगढीमा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गर्दै नयाँ डिलर जी.ए.आर.एस ट्रेडिङ कन्सर्नलाई नियुक्त गरी धनगढीको बोराडाँडीस्थित नयाँ सोरूम सञ्चालनमा ल्याएको छ ।

मंगलबार सम्पन्न उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङ प्रा.लि.का वरिष्ठ डिलर प्रबन्धक मेघ राज ढुंगेल र जी.ए.आर.एस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रूपमा सोरूमको उद्घाटन गरेका हुन् । कार्यक्रममा स्थानीय समुदाय, व्यवसायिक प्रतिनिधि तथा ग्राहकको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नयाँ सोरूममार्फत अब धनगढीसहित सुदूरपश्चिम क्षेत्रका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडल टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी सजिलै खरिद गर्न सक्नेछन् ।

त्यस्तै, पेट्रोल तथा डिजेलमा आधारित मोडल टाटा टियागो, पञ्च, नेक्सन र सफारी पनि यसै सोरूममार्फत उपलब्ध हुनेछन् । विशेषगरी पञ्चले नेपाली बजारमा सहर केन्द्रित एसयूभीको रूपमा लोकप्रियता कमाएको छ भने सफारीले मजबुत बनावट, लक्जरी सुविधा र उच्चस्तरीय सुरक्षा विशेषताका कारण विशेष स्थान ओगटेको छ ।

सिप्रदी ट्रेडिङले ग्राहकलाई गाडी बिक्रीसँगै आकर्षक ऋण सुविधा, सहज बिमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो बिक्रीपछिको सेवा तथा ब्याट्री परीक्षण र मर्मतसम्भार सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

समारोहमा बोल्दै जी.ए.आर.एस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले, “यो सोरूममार्फत हामी सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडलहरू नजिकबाट अनुभव गर्न दिने अवसर पाउँदा गर्व महसुस गरेका छौँ,” भने । 

त्यस्तै, सिप्रदी ट्रेडिङ प्रा.लि.को डिलर बिक्री विभागका वरिष्ठ प्रबन्धक मेघ राज ढुंगेलले, “धनगढी सोरूमको उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको छ, जसले ग्राहकलाई अझ नजिकबाट सेवा दिन सहयोग पुर्‍याउनेछ,” भन्ने धारणा व्यक्त गरे ।

सोही कार्यक्रममा टाटाको गाडी बुक गरेका ग्राहकहरूलाई गाडी हस्तान्तरणसमेत गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्