site stats
बाह्रखरी :: Baahrakhari
खेल
संकटा ३–१ ले विजयी

काठमाडौं । संकटा क्लब एन्फा यू–१६ युथ लिगमा प्लानिङ ब्वाइज युनाइटेडविरुद्धको खेलमा ३–१ ले विजयी भएको छ । 

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा संकटालाई जित दिलाउन प्रज्वलकुमार लुम्रे र समित बलाम्पकीले समान एक गोल गरे । संकटाले एक आत्मघाती गोल भने उपहार पाएको थियो । जवाफमा प्लानिङका ओम खड्काले टोलीको निम्ति एक गोल फर्काए । 

खेलको ११औँ मिनेटमा प्लानिङका जियान कुवँरबाट आत्मघाती गोल भएपछि संकटाले १–० को अग्रता कायम गर्‍यो । 

खेलको २१औँ मिनेटमा प्लानिङका ओमले गोल गरेपछि टोली खेलमा फर्कियो । 

३५औँ मिनेटमा संकटाका प्रज्वलले गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे । ६२औँ मिनेटमा टोलीका सुमतीले गोल गर्दै संकटालाई ३–१ को अवस्थामा पुर्‍याए । 

यो जितसँगै संकटाले लिगमा ३७ अंक जोडेको छ । संकटाले १८ खेल खेल्दा ११ जित, चार बराबरी र तीन हारसहित यो नतिजा आत्मसाथ गरेको हो । 

उसले अब १२औँ जितको निम्ति मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ । खेल एन्फा मुख्यालयमा आगामी भदौ २० गते दिउँसो ३ बजे हुनेछ । 

पराजित प्लानिङ भने १० अंकमा सीमित छ । उसले १९औँ खेलमा अब त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्