काठमाडौं । साताको चौथो दिन सेयर बजार घटेको छ । बुधबार सेयर बजार १५.६४ अंक घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २७२६.३३ अंकमा सीमित भएको छ । मंगलबार बजार १९.८९ अंक घटेको थियो । बुधबार ३९ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ ।
यस दिन चार अर्ब ७२ करोड ८० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । मंगलबार चार अर्ब ४३ करोड ८२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । यस्तै, सोमबार पाँच अर्ब १० करोड ५७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
युनियन हाइड्रोपावर लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ । युनियनको प्रतिकित्ता ४३२ मा ३३ करोड ८० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यसैगरी लिवर्टी इनर्जी कम्पनी लिमिटेडको २१९ मा २७ करोड ३७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ भने नेपाल रि–इन्स्योरेन्स लिमिटेडको २६ करोड १५ लाख कित्ता सेयर किनबेच भएको छ ।
हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।