काठमाडौं । एन्फा यू–१६ युथ लिगमा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुलिसलाई जित दिलाउन टोलीका प्रकाश सिंह र विवेक मगरले समान एक–एक गोल गरे ।
मनाङले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ७९औँ मिनेटमा प्रकाशले मनाङलाई अग्रता दिलाए । खेलको इन्जुरी टाईममा विवेकले टोलीको निम्ति दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
जितसँगै मनाङले लिगमा ३८ अंक जोडेको छ । मनाङले १८ खेल खेल्दा ११ जित, पाँच बराबरी र दुई हार बेहोरेको छ ।
मनाङले अब १२औँ जितको निम्ति संकटा क्लबसँग खेल्नेछ । खेल आगामी भदौ २० गते एन्फा मुख्यालयमा दिनको ३ बजे हुनेछ ।
पराजित पुलिस ४१ अंकको साथ शीर्ष स्थानमा छ ।