site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अवरुद्ध
फाइल तस्बिर ।

काँक्रेविहार (सुर्खेत) । कर्णाली राजमार्ग  मंगलबार (भदौ १७) साँझदेखि अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोला भन्ने स्थानमा पहिरो गएपछि सडकको सो खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । 

पहिरो गएसँगै आज बेलुकी ६ बजेदेखि पूर्ण रूपमा सडक अवरुद्ध भएको कालीकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू सडकै रोकिएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १९:३५
प्रतिक्रिया दिनुहोस्