site stats
बाह्रखरी :: Baahrakhari
देश
डडेलधुरामा महाकाली नदी सतर्कता तह पार
फाइल तस्बिर ।

काठमाडौं । डडेलधुरास्थित महाकाली नदीमा मंगलबार (भदौ १७) दिउँसो बाढी आएको छ । पारिगाउँ बाढीमापन केन्द्रमा महाकाली नदी सतर्कता तह (६.८ मि) पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदीको बहाव बढ्दो क्रममा छ । डडेलधुरा र कञ्चनपुरको नदीतटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“महाकाली नदी डडेलधुरास्थित पारिगाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह (६.८ मि) पार गरेको र बढ्दो रहेकोले डडेलधुरा, कञ्चनपुरको नदीतटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ,” विभागले जारी गरेको सूचनामा उल्लेख छ । 

 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्