काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुन दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । सोमबारको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
आइतबारदेखि नै सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार सुन दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला दुई हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले सोमबारको रेकर्ड आज तोडेको छ ।