site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गरिमा विकास बैंक ‘द बेस्ट बैंक’ अवार्डबाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक दक्षिण एसियाकै प्रतिष्ठित ‘इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स’बाट सम्मानित भएको छ । इन्डियन च्याम्बर अफ कमर्सले यसपटक गरिमालाई सम्मान गरेको हो ।

इन्डियन च्याम्बरले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेस्रो ‘इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्डस्’ कार्यक्रममा गरिमाले ‘बेस्ट बैंक’ र ‘बेस्ट एआई एमएल इम्पिलिमेन्टेसन’ विधामा उत्कृष्टसहित ‘बेस्ट एमएएमई एक्सेलेरेसन’ विधामा ‘रनरअप’ अवार्ड प्राप्त गरेको हो ।

यस अवार्डमा नेपालसहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता थियो ।

शुक्रबार आयोजित उक्त कार्यक्रममा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रूपमा उक्त अवार्ड लिएका हुन् ।

इन्डियन च्याम्बरद्वारा सन् २०२४ मा आयोजित दोस्रो ‘इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्डस्’ कार्यक्रममा समेत यस विकास बैंकले ‘बेस्ट एसेट म्यानेजमेन्ट’ विधामा ‘रनरअप’को रूपमा अवार्ड प्राप्त गरेको थियो ।

यस उपाधिले आफ्ना ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप ऊर्जा प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

गरिमाका देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमका साथै नवीनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्