site stats
बाह्रखरी :: Baahrakhari
देश
धनकुटामा तमोर नदी सतर्कता तह पार
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धनकुटामा तमोर नदीमा बाढी आएको छ । सोमबार (भदौ १६) बिहान मूलघाटमा तमोर नदी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“भदौ १६ गते, बिहान १० बजे । धनकुटा जिल्लास्थित तमोर मूलघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

tjadsmg-1756701084.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्