काठमाडौं । झापा एफसी महिला टिमले एन्फा महिला लिग छनोटमा बुटवल लुम्बिनी एफसी महिला टिमविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ । आइतबार च्यासलस्थित च्यासल रंगशालामा झापालाई जित दिलाउन एमी राई र अस्मिता गुरुङले गोल गरिन् ।
बुटबलको निम्ति अनुशाले गोल गरिन् । लुम्बिनीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । झापाले भने दोस्रो हाफमै उक्त नतिजा उल्ट्याउँदै पुनरागमन जित निकालेको हो । खेलको ५१औँ मिनेटमा अनुशाले बुटवललाई अग्रता दिलाइन् । तर, बुटवलले यो अग्रतालाई लामो समयसम्म जोगाउन सकेन ।
खेलको ७२औँ मिनेटमा झापाकी इमाको गोलमा खेलमा फर्कियो । ७८औँ मिनेटमा अस्मिताले गोल गर्दै टोलीलाई २–१ को अवस्थामा ल्याइन् । यो जितसँगै झापाले छनोटमा नौ अंक जोडेको छ । झापाले पाँच खेल खेल्दा तीन जित र दुई हारसहित यो नतिजा आत्मसाथ गरेको हो । उसले अब छैटौँ खेलमा लम्कीसँग खेल्नेछ । खेल आगामी भदौ १९ गते दिउँसो ३ः३० बजे च्यासल रंगशालामा हुनेछ । पराजित बुटवलले पनि पाँच खेल खेल्दा तीन जित र दुई हारसहित नौ अंक बनाएको छ ।