site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साउनमा कोसी सरकारको खर्च आठ करोड २८ लाख, आम्दानी २० करोड

विराटनगर । चालु आर्थिक वर्ष २०८२/८३ को साउनमा कोसी सरकारले कुल आठ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । कुल खर्चमध्ये चालुतर्फ आठ करोड १२ लाख र पुँजीगततर्फ १६ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

गत आवको साउनमा संघीय अनुदान फिर्ता गरेकाले चालु खर्च बढी देखिएको मन्त्रालयको भनाइ छ ।

त्यसैगरी, सोही अवधिमा प्रदेशको आन्तरिक कोषमा १९ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन र स्थानीय तहमा दिइने अनुदानमा विभाजित छ ।

बजेट खर्चको स्रोतमा आन्तरिक राजस्व, संघीय राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान, सर्तसहितको अनुदान, विशेष अनुदान, पूरक अनुदान, रोयल्टी र नगद मौज्दात छन् ।

प्रदेश सरकारले बजेटको प्रभावकारी कार्यान्वयनका लागि खर्च संरचना र स्रोत व्यवस्थापनलाई थप सन्तुलित बनाउने चुनौती सामना गरिरहेको छ  ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्