site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठजनाको मृत्यु

विराटनगर । मोरङमा पछिल्ला आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका आठजनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा सात पुरुष र एक महिला रहेका मानवअधिकारको क्षेत्रमा क्रियाशील संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ ।

उनीहरूमध्ये जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा एकजनाको मृत्यु भएको हो । बाँकी सातजनाको मृत्यु मोरङ कारागारमा भएको इन्सेकले जनाएको छ ।

सबैभन्दा पछिल्लो मृत्यु यही भदौ ११ गते मोरङ कारागारको महिला सेलमा भएको हो । योसँगै आठ महिनामा राज्यको नियन्त्रणमा रहेका व्यक्तिको मृत्यु संख्या आठ पुगेको इन्सेकले जनाएको छ ।

राज्यको नियन्त्रणमा रहेका व्यक्तिहरूको एकपछि अर्को मृत्युले कारागार र हिरासत प्रणालीको सुरक्षामाथि गम्भीर प्रश्न उठाइएको छ ।

नयाँ भवनमा कैदीहरूलाई स्थानान्तरण गरिए पनि क्षमताभन्दा बढी राख्नुपरेकाले व्यवस्थापनमा समस्या भइरहेको जिल्ला कारागारका जेलर गौरव ढुंगेलको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्