अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा चाँदीको मूल्यमा आइतबार (भदौ १५) नयाँ कीर्तिमान कायम भएको छ । चाँदीको मूल्य एकैदिन तोलामा ६५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन चाँदीको मूल्य तोलाको दुई हजार ४२५ रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यही भदौ १० र १३ गते चाँदी प्रतितोला दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो । त्यो यसअघिको उच्च मूल्य थियो ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२ ११:५५
प्रतिक्रिया दिनुहोस्