site stats
बाह्रखरी :: Baahrakhari
देश
लमजुङमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । लमजुङमा आइतबार (भदौ १५) बिहान भारी वर्षा भएको छ । राइनास्टारमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साना खोलामा बहाव बढ्ने सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

“भदौ १५, बिहान २ः२० बजे । पछिल्लो तीन घण्टामा लमजुङ जिल्लास्थित राइनास्टार वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव केही बढ्न सक्ने, तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  ०५:१७
प्रतिक्रिया दिनुहोस्