खेल
काठमाडौं । नेपाल पुलिस क्लबले एन्फा यू–१६ युथ लिगमा एपीएफ फुटबल क्लबले एपीएफ फुटबल क्लबविरुद्ध २–० को सहज जित निकालको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुलिसलाई जित दिलाउन राजु दर्जी र प्रशान राईले समान एक गोल गरे । पुलिसले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको २२औँ मिनेटमा राजुले पुलिसलाई अग्रता दिलाए । ३२औँ मिनेटमा प्रशानले अग्रतालाई दोब्बर बनाए ।
यो जितसँगै पुलिसले लिगमा ३८ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको पुलिसले १६ खेल खेल्दा १२ जित, दुई बराबरी र दुई हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।
पराजित एपीएफ भने २६ अंकमा सीमित छ । एपीएफले १६ खेल खेल्दा समान आठ जित निकाल्दै दुई बराबरी र पाँच हार बेहारेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२ २१:१९
प्रतिक्रिया दिनुहोस्