काठमाडौं । संकटा क्लबले एन्फा यू–१६ युथ लिगमा फ्रेन्ड्स क्लबविरुद्ध २–१ को साँघुरो जित निकालेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा संकटालाई जित दिलाउन नवराज तिरुवाले दुई गोल गरे । फ्रेन्ड्सका सफल परियारले गोल गरे पनि टोलीको हार टर्न सकेनन् ।
खेलको सातौँ मिनेटमा सफलले फ्रेन्ड्सलाई अग्रता दिलाए । तर, फ्रेन्ड्सले यो अग्रता भने लामो समय जोगाउन सकेन ।
खेलको ३१औँ मिनेटमा संकटाका नवराजले गोल गर्दै टोलीलाई खेलमा फर्काए । यसको पाँच मिनेटपछि, २६औँ मिनेटमा नवराजले गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे ।
जितसँगै संकटाले लिगमा ३३ अंक जोडेको छ । संकटाले १६ खेलमा १० जित, तीन बराबरी र तीन हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित फ्रेन्ड्स भने ३० अंकमा सीमित छ ।