site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–१७ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ३–० ले पछि
फाइल तस्बिर ।

काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा भारतसँगको दोस्रो खेलको पहिलो हाफमा नेपाल ३–० ले पछि परेको छ । 

शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा पाँचौँ मिनेटमा टोलीकी निरा चानु लोंजाङले भारतलाई अग्रता दिलाइन् । १५औँ मिनेटमा टोलीकी पियर्ल फर्नान्डेजले अग्रतालाई दोब्बर बनाइन् । ४२औँ मिनेटमा उनै फर्नान्डेजले दोहोरो गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्‍याइन् । 
 
नेपाल यसअघि प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७–० ले पारजित भएको थियो  ।  प्रतियोगितामा भारत शीर्ष स्थानमा छ । चार खेल खेल्दा शतप्रतिशत जित हात पारेको भारतले १२ अंक जोडेको छ । 

बंगलादेश नौ अंकका साथ दोस्रो स्थानमा छ । चार खेलमा एक जित र तीन हार बेहोरेको नेपाल तीन अंकका साथ तेस्रो स्थानमा छ । हालसम्म पनि जितविहीन घरेलु टोली भुटानले  एक बराबरी र तीन हारसहित एक अंक जोडेको छ । 

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान छ । डबल राउन्ड रोबिन पद्धतिअनुसार सञ्चालित प्रतियोगिताको उपाधि शीर्ष टोलीले उपाधि उचाल्नेछ । 

गत बुधबार बंगलादेशसँगको हारबाटै उपाधि होडबाट बाहिरिसकेको नेपालले अब भुटानसँग भदौ १५ गते अन्तिम खेल खेल्दै लिगको अन्त्य गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्