site stats
बाह्रखरी :: Baahrakhari
खेल
एएफसी एसियन कप छनोट : नेपालले पहिलो खेल ताजिकिस्तानसँग खेल्ने

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल भदौ १८ गते नेपाली समयअनुसार बेलुका ८ः१५ बजे हुनेछ ।

शुक्रबार एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह 'के'मा परेको हो ।

दोस्रो खेलमा नेपालले भदौ २१ गते सिरिया र भदौ २४ गते फिलिपिन्सको सामना गर्नेछ । यी दुवै खेल नेपाली समय अनुसार दिउँसो ५ः१५ बजे हुनेछन् । छनोटका सम्पूर्ण खेल ताजिकिस्तानको डुसान्वेस्थित पामिर रंगशालामा सञ्चालन गरिनेछ ।

समूहमा नेपाल, ताजिकिस्तान, सिरिया र फिलिपिन्स छन् । छनोटका प्रत्येक समूह विजेता र चार उत्कृष्ट उपविजेताले एएफसी एसियन कपमा स्थान बनाउने छन् ।

No description available.

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्