site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अन्तरदेशीय डिजिटल भुक्तानीमा नेपाल अगाडि

काठमाडौं । नेपाली पेमेन्ट सिस्टम अपरेटर फोनपेले अलिपे प्लससँग साझेदारी गरेको छ । फोनपेले इन्टरअप्रेवल क्यूआर नेटवर्कमार्फत अन्तरदेशीय भुक्तानी स्वीकृत गर्ने सुविधा उपलब्ध गराएको हो । यसले नेपालको डिजिटल रूपान्तरण र अन्तरदेशीय व्यापार–व्यवसायमा नयाँ अध्याय थपेको छ ।

यसले चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, जर्मनी, इटालीसहित एघारभन्दा बढी देशका  अन्तर्राष्ट्रिय पर्यटकले आफ्ना ई–वालेटहरू जस्तै अलिपे, काकाओपे, जिक्यास, टच एन गो, अलिपेएचके, ट्रुमनी, टिनाबामार्फत नेपालमा सजिलै क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । 

यसले पर्यटकलाई नगद वा मनी एक्सचेन्ज खोज्ने झन्झटबाट मुक्त गर्दै सुरक्षित, सहज र सुविधाजनक अनुभव दिने अपेक्षा गरिएको छ ।

सुविधा नेपालभर रहेका १७ लाखभन्दा बढी फोनेपे क्यूआर व्यवसायीमा उपलब्ध हुनेछ ।

“नेपालको डिजिटल भुक्तानी र पर्यटन पारिस्थितिकी तन्त्रको उन्नतिमा योगदान दिन पाएको यो क्षणलाई हामी गर्वका साथ मनाउँदैछौँ । अलिपे प्लसले नेपालको बढ्दो डिजिटल पूर्वाधारलाई थप सुदृढ बनाउँदै छ,” एन्ट इन्टरनेशनलका दक्षिण–पूर्वी एशिया, दक्षिण एशिया र एएनजेड क्षेत्रका जनरल म्यानेजर एडवर्ड युएले भने । 

भुक्तानी प्रणालीलाई आर्थिक अवसर, सांस्कृतिक सम्बन्ध र पर्यटन समृद्धिको माध्यम बनाउन सकिने उनको भनाइ छ । 

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले अलिपे प्लस र फोनपे नेटवर्कको एकीकरणले विश्वव्यापी इन्टरअप्रेविलिटी र वित्तीय साझेदारीतर्फ ठूलो कदम चालेको छ । 

नेपाललाई यात्रा, व्यापार र सांस्कृतिक आदान–प्रदानको केन्द्रका रूपमा स्थापित गर्ने यो कदम आधुनिकीकरणतर्फको महत्वपूर्ण यात्राको हिस्सा बन्ने फोनपेले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्