site stats
बाह्रखरी :: Baahrakhari
देश
जुम्ला–सुर्खेत सडकखण्डमा पहिरो, यातायात सेवा अवरुद्ध

सुर्खेत । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटस्थित कालेखोलामा पुनः पहिरो जाँदा उक्त खडकखण्ड अवरुद्ध भएको छ । 

सडक भासिएका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको उक्त सडकखण्ड बिहीबार संचालनमा आएको थियो । तर, हिजो रातिको लगातारको वर्षाका कारण पहिरो जाँदा पुनः उक्त सडकखण्ड बन्द भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । 

रावतका अनुसार हिजो नै इन्जिनियरहरूको टिम सडक निर्माणको लागि कालिकोट पुगिसकेको थियो । तर, लगातार वर्षाका कारण काम गर्न समस्या भएको छ । 

बुधबार भासिएको सडक सामान्य मर्मतपछि यात्रु आवतजावत गर्न मिल्ने बनाइएको थियो । बिहीबार रातिको वर्षाले फेरि उक्त सडकखण्ड बन्द भएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्