site stats
बाह्रखरी :: Baahrakhari
देश
कालीगण्डकी करिडोर र रिडी–वामिटक्सार सडक अवरुद्ध

गुल्मी । बाढी र पहिरोका कारण गुल्मीमा दुई मुख्य सडक कालीगण्डकी करिडोर र रिडी–वामिटक्सार सडकखण्ड अवरुद्ध भएका छन् ।  

कालीगण्डकी करिडोर सडकअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
    
वर्षाका कारण गुल्मीको रिडी–वामिटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोलाको बाढीले सडक पनि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिए । लगातारको वर्षाले अवरुद्ध दुवै सडक बिहीबार साँझ एकतर्फी खुलेका थिए । 

उक्त क्षेत्रमा वर्षा जारी रहेको र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको उनले बताए । सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्