site stats
बाह्रखरी :: Baahrakhari
देश
नुवाकोटमा कौडा खेलिरहेका २२ जना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नुवाकोटमा जुवा (कौडा) खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिखु गाउँपालिका–५, चौघडाका ४० वर्षीय श्यामकृष्ण श्रेष्ठसहितका व्यक्तिहरू छन् ।

शिवपुरी गाउँपालिका–६, गुर्जेस्थित बार्दली होटेलमा कौडा खेलिरहेको अवस्थामा बुधबार (भदौ ११) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद १० लाख ७१ हजार ६०० रुपैयाँ र कौडा ३१ थानसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्