देश
काठमाडौं । मध्य पहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारीसाधन अलपत्र परेका छन् ।
गएराति पाँचथर याङवरक गाउँपालिका दोभानस्थित मध्य पहाडी लोकमार्गमा पर्ने इङ्वा खोलामा आएको बाढीले डाइभर्सन माथिबाट पानी बग्न थालेपछि मध्य पहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।
बिहान ६ : ४० बजे गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा माथिबाट आएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२ ०८:५७
प्रतिक्रिया दिनुहोस्