site stats
बाह्रखरी :: Baahrakhari
खेल
सातदोबाटोविरुद्ध भगवतीको रवाफिलो जित

काठमाडौं । भगवती क्लब टोखाले एन्फा यू–१६ युथ लिगमा सातदोबाटो युथ क्लबविरुद्ध ६–२ को रवाफिलो जित निकालेको छ । 

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भगवतीलाई जित दिलाउन निशान्त थानेतले दुई गोल गरे । आर्यन बुढाथोकी, सरुन महतो, सरिन थिङ र दिपेश शाहीले समान एक गोल गरे । जवाफमा सातदोबाटोका आश्विन पौडेल र सर्जक धोज थापाले समान एक गोल फर्काए । 

खेलको १०औँ मिनेटमा आर्यनले भगवतीलाई अग्रता दिलाए । ४४औँ मिनेटमा निशान्त थानेटले अग्रतालाई दोब्बर बनाए । 

पहिलो हाफमो इन्जुरी समयमा सातदोबाटोका सर्जकले गोल गर्दै टोलीलाई १–२ को अवस्थामा ल्याए । इन्जुरी समयमा नै भगवतीका सरुनले गोल गर्दै टोलीलाई ३–१ को अग्रतामा राखे । 

खेलको ७२औँ मिनेटमा सातदोबाटोका आश्विनले गोल गरेपछि टोली २–३ को स्थितिमा फर्कियो । 

७७औँ मिनेटमा भगवतीका सरिनले गोल गरेपछि टोलीले भगवतीमाथि ४–२ को अग्रता कायम गर्‍यो । ८३औँ मिनेटमा दिपेशले गोल गर्दै अग्रतालाई ५–२ को अवस्थामा पुर्‍याए । 

खेलको ८७औँ मिनेटमा सातदोबाटोका मुस्कार राईले दोहोरो पहेँलो कार्डको दर्शन गरेपछि टोली दश खेलाडीमा सीमित भएको थियो । 

खेलको इन्जुरी समयमा निशान्तले दोहोरो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । 

जितसँगै भगवतीले लिगमा १७ अंक जोडेको छ । भगवतीले १५ खेल खेल्दा पाँच जित, दुई बराबरी र आठ हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित अंकविहीन सातदोबाटो भने लिगको पुछारमा छ ।  

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्